२१ मङ्सिर २०७९, बुधबार

राष्ट्रियसभा अध्यक्षले संसद महासचिवलाई दिए सभामुखको पद रिक्त भएको आशयको पत्र

२०७९,आश्विन,९,आईतवार १९:३७

36
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको कार्यकाल समाप्त भएको आशयको पत्र संघीय संसदका महासचिवलाई पठाएका छन् । आइतवार अध्यक्ष तिमिल्सिनाले महासचिव भरतराज गौतमलाई उक्त पत्र दिएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले सभामुख र उपसभामुखको कार्यकालबारे प्रस्ट पार्न निर्वाचन आयोगलाई पत्र पठाएका थिए । आगामी मंसिर ४ गते हुने चुनावका लागि समानुपातिकतर्फको मनोनयन दर्तासँगै सभामुख र उपसभामुखको सांसद पदसमेत रिक्त भएको अध्यक्षले जिकिर गरेका छन् ।

उनले महासचिवलाई पठाएको पत्रमा ‘२०७४ सालमा प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिक निर्वाचन प्रणाली बमोजिम उम्मेदवारको बन्दसूची पेस हुने अघिल्लो दिनसम्ममात्र व्यवस्थापिका संसद कायम रहेको विगतको अभ्यास रहेको निर्वाचन आयोगबाट निर्वाचनको सघन रूपमा तयारी भइरहेको सन्दर्भ समेतलाई आधारमा मानी प्रतिनिधि सभाका सदस्य तथा पदाधिकारीको कार्यविधि नेपालको संविधान प्रचलित कानुन र विगतको अभ्यास बमोजिम निश्चय हुने व्यहोरा प्राप्त भएको’ उल्लेख छ ।

प्रकाशित मिति: २०७९,आश्विन,९,आईतवार १९:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगमको नेतृत्वले क्षमता विकास गर्न नसकेको बताएका छन् ।

काठमाडौं । काठमाडौं ५ बाट निर्वाचित सांसद प्रदीप पौडेलले नांगो तार व्यवस्थापनका लागि पहल शुरु गरेका छन् । यसका लागि

सन् २०१८ रसियामा भएको  विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट पाए। उनले रसिया विश्वकपमा ६ गोल गरेका थिए । यस

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई

ताजा समाचार