बजार अनुगमनलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

लोकपथ
52
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । आईतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसहित चार मन्त्री र सचिवहरूसहितको उच्च स्तरीय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चाडपर्वको समयमा बजारमा अवाञ्छित गतिविधि हुनेतर्फसचेत रहँदै आ—आफ्नो क्षेत्राधिकारअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिए।उनले मन्त्रि तथा सचिवहरुलाई १२ बुँदे निर्देशन दिएका छन् ।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जनार्दन शर्मा, भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, स्वास्थ मन्त्री भवानीप्रसाद खापुङ, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, गृह सचिव विनोद सिंह, अर्थसचिव कृष्णहरी पुष्कर कर्ण, उद्योग सचिव तोया नारायण ज्ञवाली, वाणिज्य तथा आपूर्ति सचिव तोयम राया, काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक महेश भट्टराईलगायतका उच्च सरकारी अधिकारीको सहभागिता रहेका थिए ।

छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बडूले बजार अनुगमनको विद्यमान अवस्थाका बारेमा जानकारी दिँदै आफू मातहत सबै निकायलाई प्रभावकारी बजार अनुगमनका लागि निर्देशन दिइसकेको र अन्तरमन्त्रालय समन्वय गरी अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?