२१ मङ्सिर २०७९, बुधबार

प्रोग्रेसिभ फाईनान्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

२०७९,आश्विन,९,आईतवार १९:११

27
Shares

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले शनिवार (हिजो) आफ्ना १७ वटै शाखा कार्यालय क्षेत्र वरपर रहेका सांस्कृतिक र धार्मिक स्थलहरुमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सको तिनकुने शाखाबाट कोटेश्वर महादेवस्थान परिसरमा सरसफाईका साथै फोहोर संकलन गर्ने सामाग्री र अन्य सरसफाइ सामग्रीहरु कोटेश्वर महादेव मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण पनि फाईनान्सले गरेको हो ।

त्यसैगरी, हेटौंडा शाखाले पशुपति मन्दिर परिसर, पुल्चोक शाखाले शाखा रहेको क्षेत्र वरिपरी बजार क्षेत्रमा अवस्थित दुर्गा मन्दिर परिसर, पाटन सुन्धारा शाखाले त्वायाबहा मन्दिर परिसरलगायत अन्य शाखा कार्यालयहरुले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।

यस अवसरमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका यस्तो कार्यक्रमको मुख्य उद्देश्य सरसफाई सम्बन्धी जनचेतना फैलाउनु तथा हाम्रा धार्मिक तथा सांस्कृतिक धरोहरहरुको जगेर्ना गर्नु नै रहेको विचार व्यक्त गरे ।

प्रकाशित मिति: २०७९,आश्विन,९,आईतवार १९:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको

चितवन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१

ताजा समाचार