राष्ट्रिय वाणिज्य बैंकको पस र क्युरआर कारोबारमा क्यास ब्याक अफर

लोकपथ
52
Shares

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आउँदो दसैँ, तिहार, नेपाल सम्वत् एवम् छठलगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न प्वाईन्ट अफ सेल (पस) को माध्यमबाट प्रति कारोबार एक हजार रुपैयाँ वा सो भन्दा बढीको कार्ड स्वाईप गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ ।

यो योजना भोलिदेखि २०७९ कार्तिक १३ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट राष्ट्रिय वाणिज्य बैंककै पस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वाईपमा पाँच प्रतिशत वा अधिकतम क्यास ब्याक वा पाँच सय रुपैयाँ, छ देखी १० पटकको कार्ड स्वाईपमा १० प्रतिशत वा अधिकतम क्यास ब्याक वा सात सय ५० रुपैयाँ र ११ देखी १५ पटकको कार्ड स्वाईपमा १५ प्रतिशत वा अधिकतम क्यास ब्याक वा एक हजार रुपैयाँ मध्ये जुन कम हुन्छ सो बराबरको रकम क्यास ब्याक हुने छ ।

यसैगरी, आगामी २०७९ असोज ७ देखि १४ गतेसम्म र २०७९ कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गरी क्यु आरकोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १० प्रतिशत वा एक सय रुपैयाँ जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?