घैलाखोलामा डुबेर एक बालकको मृत्यु

लोकपथ
52
Shares

धनगढी । कैलालीमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको जोशीपुर गाउँपालिका १ बडहरीया बस्ने नर भुलको छोरा ८ वर्षीय तेज भुलको सोही गाउँपालिका–१ स्थित घैलाखोलामा माछा मार्ने क्रममा डुबेर शनिवार (हिजो) दिउँसो मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?