नागरिक लगानी कोषद्वारा अनलाइन प्रणालीबाटै शिक्षकहरुको फाँटवारी पठाउने व्यवस्था सुरु

लोकपथ
13
Shares

काठमाडौं । नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकहरुले सावधिक जीब.वन बिमा योजना अन्तर्गत अनिवार्यरुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ ।

यो भन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी कर्मचारीको सम्बन्धीत कार्यालयले सोझै सहभागी कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो । विद्युतीय सरकारी लेखा प्रणाली (सिगास) प्रणालीबाट पारिश्रमिक बितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयलाई लक्ष्यित गरी कोषले यस्तो सुविधा यस अघिनै सुरु गरेको हो ।

शिक्षकहरुले यो सुबिधाको उपयोग गरी अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी रियल टायममै सम्बन्धित शिक्षक, कर्मचारीको खातामा रकम प्रविष्ट हुने हुँदा सिगास प्रणालीबाट पारिश्रमिक बितरण गर्ने कार्यालय बाहेक अन्य कार्यालय, विद्यालयले यो सुविधा लिँदा कारोबारमा सहजता आउने अपेक्षा कोषले गरेको छ ।

शिक्षकहरुमा पनि अनलाइन कारोबार सुरु भएपछि सहजता मिलेको मदन स्मारक माध्यामिक विद्यालय ललितपुरका प्रधानाध्यापक गोबिन्द प्रसाद पौडेलले बताए । उनले यस्तो सेवाबाट कागज रहित कार्यको विकास भएको प्रतिक्रिया दिए ।

कोषको प्रणालीले प्रदान गरेको सबमिसन नम्बरको आधारमा कट्टी रकम दाखिला गर्ने सुबिधा मुलुकभरका सबै (क) वर्गका वाणिज्य बैंकहरुमा रहेको हुँदा सम्बन्धीत कार्यालय, विद्यालयहरुले आ–आफ्नो खाता भएको बैंकमा सम्पर्क राखी यो सुविधा लिन सक्नेछन । फाँटवारी पठाउने तरिकाको तालिम कोषले दैनिक रुपमा सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?