नवरात्रीको पहिलो दिन : आज शैलपुत्री देवीको पूजा-आराधना गरिँदै

लोकपथ
91
Shares

काठमाडौं । नवरात्रीको पहिलो दिन आज सोमवार नवदुर्गा भवानीको ‘शैलपुत्री’ स्वरूपको पूजा आराधना गरेर मनाइँदै छ । शैल भन्नाले हिमाल र पुत्री भन्नाले छोरी बुझिन्छ । हिमालयकी छोरी (पार्वती) भएकीले शैल पुत्री भनिएको हो ।

दुर्गा भवानीका नौ स्वरूपमध्ये शैलपुत्री पनि एक हुन् । दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमलको फूल लिएर बसाहाको सवारी गर्ने शैलपुत्री स्वरूपा देवीको ज्वाजल्यमान स्वरूपको ध्यान मात्र गर्नाले पनि सङ्कट टर्ने विश्वास गरिन्छ ।

मार्कण्डेय पुराणको अनुसार नवदुर्गाका रूपहरूमा शैलपुत्रीलाई पहिलो मानिन्छ । शैलपुत्री देवीको पूजामा सेतो कपडा र सेतै फूल चढाउनु पर्ने उल्लेख छ । साथै, कन्दमूल वा ऋतु फल चढाउनु भनिएको छ ।

नवरात्रको अवधिभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड, पाँचौँ दिन स्कन्द माता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धि दात्रीको पूजा आराधना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?