भारतबाट दुई महिनामा ४१ अर्ब बढीको डिजेल, पेट्रोल र ग्याँस भित्रियो

लोकपथ
39
Shares

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा भारतबाट नेपालमा ४१ अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्याँस भित्रिएको छ । भन्सार विभागका अनुसार २०७९ साउन र भदौ महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्याँस नेपालले आयात गरेको हो ।

सो अवधिमा कुल ४१ अर्ब ३ करोड १३ लाख २७ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्याँस नेपाल भित्रिएको छ । बितेका दुई महिनामा भारतबाट १८ अर्ब ४२ करोड १५ लाख २४ हजार रुपैयाँको डिजेल, १२ अर्ब १८ करोड ९४ लाख ६२ हजार रुपैयाँको पेट्रोल र १० अर्ब ४२ करोड ३ लाख ४१ हजार रुपैयाँको एलपी ग्याँस नेपाल आएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिना (साउन र भदौ) मा भारतबाट नेपालले ३० अर्ब ५० करोड ७७ लाख ८९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्याँस आयात गरेको थियो ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौमा नेपालले भारतबाट १० अर्ब ५२ करोड ३५ लाख ३८ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्याँस आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?