महिन्द्रा पावोरलको १२५ केभीए डिजेल जेनसेट सार्वजनिक

लोकपथ
21
Shares

काठमाडौं । अग्नि मोटोइन्क प्रा.लि.,अग्नि समूहको सहायक कम्पनीले चितवनमा आयोजित एक कार्यक्रममा ‘नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट’ सार्वजनिक गरेको छ । नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कमतौल र सुन्दर डिजाइनका साथ आएको छ ।

१२५ केभीए ‘४ सिलिन्डर’ डिजेल जेनसेट नेपालभर रहेका आफ्ना सबै डिलर नेटवर्कबाट उपलब्ध गराइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल महिन्द्रा पावोरलले नेपालमा ५ केभीएदेखि ६२५ केभीए सम्मका डिजेल जेनेरेटर बिक्री गरिरहेको छ र यो नयाँ जेनसेट लन्च गरेसँगै यसले उपभोक्ताहरूका लागि उत्कृष्ट इन्धन दक्षता, कमलागत र उत्कृष्ट प्रदर्शन दिनेछ, जसले ग्राहकको व्यवसायलाई कुशलतापूर्वक अघि बढाउने छ ।

महिन्द्रा पावोरल डीजी जेनसेटहरू अग्नि मोटो इन्कको फराकिलो सेवा नेटवर्कद्वारा ग्राहकलाई तत्काल सहयोग प्रदान गर्न विशेषज्ञहरूको टोलीले कम से कम समयमा सेवागर्न सबै भन्दा उत्तम र उपयुक्त समाधान छनौट प्रदान गर्न मद्दत गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?