दोस्रो बजारमा अभियान लघुवित्तको कारोबार सुरू

लोकपथ
52
Shares

काठमाडौं । धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्जमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ ।

आइतवार पहिलो कारोबार सुरु गरेको अभियान लघुवित्तको स्पेशल प्रि–ओपनिङ सेसनमा प्रतिकित्ता ३ सय १६ रूपैयाँमा कारोबार भएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १०५ रूपैयाँ ३६ पैसादेखि अधिकतम ३१६ रूपैयाँ ८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो । कम्पनीको कारोबार अधिकतम रेञ्जट सुरू भएको हो ।

शुक्रबार कम्पनीको २५ लाख कित्ता साधारण सेयर (आईपीओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?