मैले जति कर्णाली अरूले बुझेका छैनन् : मुख्यमन्त्री शाही

लोकपथ
52
Shares

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् ।

सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उनले बा–आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् ।

कार्यक्रममा सहभागिले उठाएका प्रश्नको उत्तर दिने क्रम्मा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएतका कुरामा पुरा काम गरेको बताए । ९ जिल्लामा केही निर्माण हुनु नपर्ने तर, सुर्खेतमा मात्र सबै कुरा निर्माण हुनुपर्ने जस्ता माग आउने गरेको बताए ।

उनले भने–सबै ठाउँमा सुविधायुक्त स्वास्थ्य संस्थादेखि अन्य सुविधा हुनुपर्छ । सहभागि दिपेन्द्र बिसीले प्रदेशको औचित्य छैन किन भन्नुभयो ? भन्ने प्रश्नको जवाफमा शाहीले कर्णालीमा को सरुवा हुन्छ ?, को आउँछ ? अनि को जान्छ ? थाहा नै हुँदैन यसकारण मैले प्रदेशको छैन भनेको हुँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?