नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाइ हरि फुयालको इजलासमा

लोकपथ
78
Shares

काठमाडौं । सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै दायर भएको रिट निवेदनमाथि आइतवार सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा रिट निवेदनमाथि सुनुवाइ हुन लागेको हो । शुक्रवार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको रिट निवेदन आइतवारका लागि पेसी तोकिएको थियो ।

नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि सर्वोच्च अदालतमा उत्प्रेषण परमादेशको मागसहित पाँच वटा रिट निवेदन दर्ता भएका थिए । रिट निवेदनमा संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक प्रमाणीकरण नहुनु संविधान विपरीत रहेको भन्दै राष्ट्रपति कार्यालयसहितलाई विपक्षी बनाइएको छ ।

रिट निवेदनमा अधिवक्ता सागर बरालसहित, शौनु परियारले परमादेशको र अधिवक्ता डा.सुनिल रञ्जन सिंहसमेत, अधिवक्ता सुनिकुमार यादव र देव शर्माले भने राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गराउन उत्प्रेषण परमादेश माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?