काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूचीमा १०९ जनाको नामावली निर्वाचन आयोगमा बुझाएको छ ।
नेपाली कांग्रेसको बन्दसूचीको पहिलो नम्बर विमलेन्द्र निधिको नाम छ । त्यसपछि क्रमशः फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशरण महत र आनन्दप्रसाद ढुंगाना छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजुराणा देउवा आठौं नम्बरमा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण नवौं नम्बरमा छन् ।
निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा आफूहरुको सम्मानजनक प्रतिनिधित्व नगराइएको भन्दै डा.शेखर कोइराला पक्ष रुष्ट छ । उसले प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरणमा न्याय नभए चुनाव हारिने चेतावनी दिएको छ ।
हेर्नुहोस् सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया