बसपार्कमा दसैँको रौनक : टिकट काट्नेहरुको भिड (फोटो/भिडियो)

दसैँ विशेष

लोकपथ
406
Shares

काठमाडाैं । घटस्थापना अगावैदेखि राजधानीका बसपार्कमा चहलपहल सुरु भइसकेको छ । फाट्टफुट्ट रूपमा यात्रु घर जान थालेका छन् । धेरैले टिकट बुकिङ गरिसकेका छन् । यसपाली दसैंमा लाखौं सर्वसाधारणले उपत्यका छाड्ने यातायात व्यवस्था विभागको अनुमान छ ।

यसपाली दसैँका लागि विभागले असोज २ गतेबाट अग्रिम टिकट बुकिङ खुला गरेसँगै यतिबेला गोंगबु बसपार्क क्षेत्र टिकट काट्नेहरुको भिडभाड देखिन्छ । चाडपर्व नजिकिनेबेला बसपार्कमा भिडभाड हुनु नौलो कुरा भने होइन । यद्यपि, गत वर्षहरुको तुलनामा यसपाली बढी भिड बढेको छ ।

विभिन्न यातायात कम्पनीहरुले अनलाइनमार्फत टिकट काट्ने व्यवस्था गरेपनि भरपर्दो नभएको सेवाग्राहीहरुको गुनासो छ ।

हेर्नुहोस् तस्बिर : 

 

तस्बिर/भिडियाे : अभिषेक लम्साल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?