सत्ता गठबन्धनको बैठक बस्दै

लोकपथ
35
Shares

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने जनाएको हो । शनिवार बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल भएको थियो ।

अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?