म्यादी प्रहरीमा लमजुङका १ हजार ७ सय ८६ जनाको निवेदन

लोकपथ
39
Shares

लमजुङ । लमजुङमा करिब २ हजार जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि खटाइने म्यादी प्रहरी पदमा जिल्लाका १ हजार ७ सय ८६ जनाको आवेदन परेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार १ हजार ३ सय ४० जना पुरुष र ४ सय ४६ जना महिलाले आवेदन दिएका छन् । भदौ ३० गतेबाट असोज ६ गतेसम्म आवेदन खुलाइएको थियो ।

लमजुङमा जिल्ला प्रहरी कार्यालय लमजुङ, इलाका प्रहरी कार्यालय भोटेओडार, इलाका प्रहरी कार्यालय भोर्लेटार र प्रहरी चौकी तीनपिप्लेबाट आवेदन संकलन भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक सूचना अधिकारी जगदिश रेग्मीले बताए । उनका अनुसार अन्तिम दिन बिहीवार मात्रै २ सय ८० जनाले आवेदन दिएका छन् । जसमा पुरुष २ सय २० र महिला ६० जनाले आवेदन दिएको प्रहरीले जनाएको छ ।

म्यादी प्रहरी छनोटमा यसअघिका चुनावमा म्यादी प्रहरीमा छनोट भइ सन्तोषजनक काम गरेकालाई मुख्य प्राथमिकतामा राखिने प्रहरीले जनाएको छ । छनोट भएका म्यादी प्रहरीको कार्यअवधि ४० दिनको हुनेछ । प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?