सिद्धार्थ बैंकको ‘दसैँको बहार, क्यासब्याक उपहार’ योजना सार्वजनिक

लोकपथ
52
Shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालीहरुको महान् चाड दसैँको अवसरमा ग्राहकहरुलाई लक्षित गर्दै दसैँको बहार, क्यासब्याक उपहार योजना ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ, बैंकले आश्विन ८ गते देखि लागु हुने गरी उक्त योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले आश्विन ८ गते देखि १४ गते सम्म बैंकको डेबिट कार्ड प्रयोग गरीपहिलो पटक पिओएस् अथवा अनलाइन कारोबार गर्दा २० प्रतिशत (अधिकतम २ सय) क्यास ब्याक पाउन सक्ने छन् । यस योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्पm आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यासब्याक योजना दिदै आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?