काठमाडौं । १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीले अनसन तोडेका छन् । सरकारसँगको १० बुँदे सहमतिपछि डा. केसीले शनिवार साँझ अनसन तोडेका हुन् ।
सरकारी पक्षसँगको १० बुँदे सहमति भएपछि डा. केसीले अनसन तोडेको केसीका सहयोगी प्रितम सुवेदीले बताए । अनशन तोडेपछि पत्रकारहरूसँग कुराकानी गर्दै डा. केसीले आफ्ना मागमा पटकपटक धोका भएको उल्लेख गर्दै फेरि पनि धोका भए अनशन बस्ने चेतावनी दिएका छन् ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवालगायतका ७ बुँदे माग राख्दै डा केसीले भदौ २७ धनगढी पुगेर अनशन सुरु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया