लोकपथ टप फिप्टिन : देशमा डेंगुको प्रकोप बढेदेखि ओलीले रेल चढेसम्मका खबर (भिडियोसहित)

लोकपथ
52
Shares

१. निर्वाचन आयोगलाई सरकारले दियो १० अर्बको स्रोत सुनिश्चितता, बजेट र कानुन बाहिर गएर अर्थ मन्त्रालयले कुनै काम नगरेको अर्थ मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा प्रस्ट ।

२. पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुरधामबाट रेल चढेर पुगे महिनाथपुर, देश विकाश गर्ने एमालेमात्रै हो भन्ने जनताले बुझेकाले पार्टी प्रवेश गर्नेहरुको लर्को लागेको भनाइ ।

३. बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएर दीर्घकालीन सहकार्य रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, फेरि एकठाउँ भएर समाजवादको नयाँ मोडेल दिने प्रतिक्रिया ।

४. सत्तारुढ गठबन्धन दलहरुबीच सिट बाँडफाँटको सहमति नजिक पुगेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, १० प्रतिशतमा मात्रै समस्या देखिएकाले एक दुई दिनमा सहमति हुने दाबी ।

५. राजनीतिक नेतृत्वले सही किसिमले काम नगर्दा पछिल्लो पाँच वर्ष विकास र अर्थतन्त्रका दृष्टिकोणले खेर गएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइ, स्थिर सरकारले आम नेपाली जनताले लाभ पाउने कि नपाउने भन्ने मूल प्रश्न रहेको उल्लेख ।

६. राजनीति केन्द्रबाट सञ्चालित हुँदासम्म संघीयताको चाहना पूरा नहुने नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालको भनाइ, राजनीतिक दलले माथिबाट प्रदेशलाई चलाउने कुरालाई अन्त्य गर्नुपर्ने माग ।

७. नेपालमा डेंगू संक्रमितको संख्या निरन्तर उकालो लाग्दै, देशभर २२ हजार बढी संक्रमित, २९ जनाको मृत्यु, डेंगूका नियन्त्रणमा सरकारले ध्यान नदिएको गुनासो ।

८. नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको भनाइ, देशलाई नयाँ दिशा दिलाउनको निम्ति अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको उल्लेख ।

९. टेण्डर र डीपीआर बिनै शहरी बिकास मन्त्री मेटमणि चौधरीद्वारा ४६ करोडको योजना शिलान्यास, ठेकेदारको टुंगो नलगाएको योजना शिलान्यासपछि अलपत्र पर्ने भन्दै स्थानीय आक्रोशित, मन्त्री चौधरीको आलोचना ।

१०. राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा चरणबद्ध आन्दोलनको घोषणा, नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको आरोप ।

११. नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ४ हजार १ सय २६ परीक्षणमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि, १ सय १६ जना कोरोना संक्रमण मुक्त हुँदा एक जनाको मृत्यु ।

१२. इरानमा हिजाबविरोधी प्रदर्शनले उग्र रुप लिदैँ, बिगतएक सातादेखि सुरु भएको सरकारविरोधी हिंसामा मृत्यु हुनेको संख्या ५० पुग्यो, हिंसा भड्किएसँगै विभिन्न स्थानमा इन्टरनेट सेवामा रोक ।

१३. सन् २०२५ सम्म रुसले सुरक्षा क्षेत्रमा ६ सय अर्ब डलर खर्च गर्ने, यसै साता थप ३ लाख सेना परिचालन गर्ने घोषणा ।

१४. बंगलादेश तथा आयरल्याण्डले गरे आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटमा आफ्नो स्थान पक्का, आठौं संस्करणको महिला टी–ट्वान्टी विश्वकप २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने ।

१५.र यूईएफए नेसन्स लिग फुटबलमा आज पोर्चुगल र चेक रिपब्लिक भिड्दै, पछिल्लो दुई हारको बदला तिर्ने दाउमा मैदान उत्रदै रिपब्लिक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?