कपिलवस्तुमा सवारी दुर्घटना : एकको मृत्यु हुँदा ३१ जना घाइते

लोकपथ
39
Shares

कपिलवस्तु । कपिलवस्तुमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते एक महिलाको उपचारको क्रममा तौलिहवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिलको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा ३१ जना घाइते भएका छन् । दुर्घटनामा घाइते ३१ जना मध्ये २० जनाको गोरुसिंगे र ११ जनाको तौलिहवा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक मीनबहादुर घलेले बताए ।

बुद्धभूमि नगरपालिका वडा नम्बर ९ र ४ को सिमामा शनिवार दिउँसो सवा ३ बजे घुम्तीमा बस र ट्रक एक आपसमा ठोक्किएका थिए ।

काठमाडौंबाट दाङ जादै गरेको ना ७ ख ५९५९ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ना ५ ख ५६६५ नम्बरको ट्रक ठोक्किएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?