सिरहाबाट लागुऔषधसहित दुई जना पक्राउ

लोकपथ
52
Shares

सिराहा । सिरहा प्रहरीले अवैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दुवै जना उदयपुर जिल्लाको रहेको प्रहरीको भनाइ छ ।

एक जनासँग प्रेस कार्ड फेला परेको र उनी पत्रकार नै हो की कार्ड मात्रै बनाएको हो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ । उनीहरूलाई चेकजाँचका क्रममा सिरहा नगरपालिका–१४ नेमचन चोकबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–२ कल्याणपुर टोलका ३५ वर्षीय सुरेश कुमार धमला र मोटरसाइकल पछाडि सवार ओखलढुङ्गा फुलवारी गाउँ विकास समिति–९ मा घर भई हाल जिल्ला उदयपुर कटारी नगरपालिका–२ कल्याणपुर टोलकै ३५ वर्षीय इश्वर खत्री रहेका छन् ।

उनीहरू भारतबाट नेपालतर्फ स. ९ प. ५१० नं. को मोटरसाइकलमा आउँदै गर्दा पक्राउ परेका हुन् । प्रहरीले उनीहरूको साथबाट नाइट्रोभेट–१० लेखिएको २५ ट्याब्लेट, स्पास्मो प्रोक्सभोन प्लस लेखेको ८ क्याप्सुल, डाइलेक्स डिसी जस्तो देखिने तरल पदार्थ केमप्टी म्याङ्गो पन्च लेखिएको ६०० एमएलको बोतल लागुऔषध र अन्य कागजातहरू बरामद गरेको छ ।

उनिहरुलाई अवैध लागुऔषध, मोटरसाइकल, मोबाइल, एटीएम कार्ड, आईडी कार्ड, नागरिकता, राहदानी, ड्राइभिङ लाइसेन्स र नगदसहित फेला पारिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?