नेपालमा डेंगुको ग्राफ उकालो लाग्दै : हालसम्म २९ जनाको मृत्यु

लोकपथ
39
Shares

काठमाडौं । नेपालमा डेंगुका कारण २९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय तिव्र गतिमा देशभर फैलिएको डेंगुका कारण हालसम्म उक्त संख्यामा ज्यान गएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ७६ जिल्लामा डेंगु फैलिएको छ । हालसम्म डेंगुबाट २२ हजार ९ सय ८८ जना संक्रमित भएका छन् ।

नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ ।

मन्त्रालयका अनुसार सबभन्दा धेरै बागमती प्रदेशमा १७ हजार ७ सय ३१ जनालाई डेंगु भएको छ । त्यस्तै, लुम्बिनी प्रदेशका २ हजार ८ सय २१ जना, सुदूरपश्चिम प्रदेशका ७ सय ७७, प्रदेश १ का ५ सय ९१, गण्डकीका ५ सय १५, मधेश प्रदेशका ३ सय २३ र कर्णाली प्रदेशका २ सय ३० जनालाई डेंगु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?