कोरोना अपडेट : थप एक जनाको मृत्यु, ७४ जनामा संक्रमण पुष्टि

लोकपथ
26
Shares

काठमाडौं । नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप एकजनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय २६ जनामा गरिएको कुल परीक्षणमध्ये आरटी पिसिआर विधिबाट २९ र एन्टीजेन विधिबाट ४५ जना गरि ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा कोभिड विरुद्धको खोप लगाउनेको तथ्यांक प्राप्त नभएको उल्लेख गरिएको छ ।

सो समयमा १ सय १६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार २ सय ८३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?