पशुपति माविका नौ विद्यार्थीलाई पञ्चकन्या समूहको छात्रवृत्ति

लोकपथ
91
Shares

रुपन्देही । पञ्चकन्या समूहले प्रेमबहादुर श्रेष्ठ छात्रवृत्ति रुपन्देहीको कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयका नौ जना विद्यार्थीलाई प्रदान गरेको छ ।

समूहद्वारा स्थापित प्रेमबहादुर श्रेष्ठ अक्षयकोषबाट विपन्न तथा जेहेन्दार विद्यार्थीको हौसला बढाउने यो छात्रवृत्ति पाँच वर्षदेखि प्रदान गरिँदै आइएको छ । कोभिड महामारीका कारण दुई वर्षदेखि निरन्तरता पाउन नसके पनि यस पटककोसहित तीन वर्षको छात्रवृत्ति दिएको अक्षयकोषका अध्यक्ष ध्रुव नारयाण श्रेष्ठले बताए ।

वि.स.२०७६ सालको एसइइमा विद्यालय प्रथम हुने स्मृति बस्याल र द्वितीय हुने सुविन गैरे यस्तै २०७७ सालको एसइइमा प्रथम हुने शिव हमाल र द्वितीय हुने करुणा बस्याल र २०७८ सालमा प्रथम हुने आशिक पन्थी, द्वितीय हुने विराज भट्टराई, तृतीय हुने आरती घिमिरे, खुशी अर्याल र एलिसा दर्जीलाई छात्रवृत्ति प्रदान गरिएको पञ्चकन्याका महाप्रबन्धक देवेन्द्र साहुले बताए ।

छात्रवृतिबाट सम्मानित हुने विद्यार्थीमध्ये प्रथम हुनेले १० हजार तथा द्वितीय र तृतीय हुनेले समान ५ हजार नगद, उपहार र प्रशंसापत्र प्राप्त गरेका छन् । उनिहरुलाई तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण र पञ्चकन्या समूहका उपाध्यक्ष एवम् कोषका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले सम्मानित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?