२० माघ २०७९, शुक्रवार

बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै होइन् : प्रचण्ड

२०७९,आश्विन,८,शनिवार १४:३०

9
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बाबुराम भट्टराईसँगको सहकार्य चुनावसम्मका लागि मात्रै नभएको बताएका छन् । अध्यक्ष दाहालले जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य चुनावसम्म मात्रै नभई धेरै लामो हुने बताए ।

आफूहरु एक्लाएक्लै हिँड्दा केही वर्षयता सफलता हात नपरेको उल्लेख गर्दै उनले अब मुलुकका फेरी समृद्धिको, विकासको, समाजवादको नयाँ मोडल तयार पार्ने संकल्पसहित आफूहरु सहकार्यमा आएको पनि स्पष्ट पारे ।

नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार (आज) काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकको समृद्धिको नयाँ समाजवादी मोडल बनाएर मात्रै आफूहरुले मर्न चाहेको उल्लेख गर्दै त्यो संकल्प पूरा गर्ने काममा साथ दिन पनि नेपाली जनतालाई आह्वान गरे ।

अध्यक्ष दाहालले भट्टराई र आफूबीच बानी, व्यहोरा र स्वभाव नमिले पनि एकले अर्काको अभाव पूर्ति गर्दै आएको उल्लेख गर्दै अब मुलुकलाई समृद्धिको अभाव हुन नदिने गरी अघि बढने संकल्प लिएको पनि पटकपटक दोहोर्‍याए । उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका आफूहरुले नयाँ समाजवादी मोेडेल तय गरी मुलुकलाई समृद्ध बनाउन पनि सफल हुने जिकीर गरे ।

प्रकाशित मिति: २०७९,आश्विन,८,शनिवार १४:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२