सिके राउत नेतृत्वको जनमत पार्टीद्वारा आन्दोलनको घोषणा

लोकपथ
559
Shares

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनमत पार्टीले आन्दोलनको घोषणा गरेको हो ।

असोज ७ गते बसेको जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो ।

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले लाखौँ योग्य नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेको पार्टीको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?