भारतबाट दुध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त : कमल थापा

लोकपथ
104
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले भारतबाट दुध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त भएको वताउँदै निर्णय तत्काल फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

थापाले भनेका छन् – ‘नेपालमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पनि भुक्तानी नभएको बेला भारतबाट दुध आयात गर्ने गठबन्धन सरकारको निर्णय अनुपयुक्त छ। किसान र व्यवसायलाई धरासायी पार्ने यो जनविरोधी निर्णय तत्काल फिर्ता गर्न प्रम शेर बहादुर देउवाको ध्यानाकर्षण गराउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?