२० मङ्सिर २०८०, बुधबार

अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या

२०७९,आश्विन,७,शुक्रवार २२:२९

81
Shares

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकामा श्रीमान‍्को आक्रमणबाट श्रीमतीको ज्यान गएको छ । शितगंगा नगरपालिका वडा नम्बर ३ खस्रकामा आपसी विवाद हुँदा भएको झगडामा दिउँसो करीब ४ बजे श्रीमान‍्को आक्रमणबाट श्रीमतीको ज्यान गएको हो ।

पारिवारीक विषयमा आपसी विवाद हुँदा ५३ वर्षीय पिताम्बर भुसालले लोहोराले हानेर श्रीमती ५० वर्षीया मनकला भुसालको हत्या गरी प्रहरीमा आफैँ समर्पण गरेको स्थानीयले जानाकारी दिएका छन् ।

घटनाको थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी प्रमुख होमनाथ रेग्मीले जानकारी दिए । रातीको ९ बजे (यो समाचार तयार पार्दा) सम्म मृतक मनकलाको माइती पक्ष नआएकोले शव उठाउन नसकिएको समेत रेग्मीले बताए ।मृतक भुसालका दुई छोरा र एक छोरी रहेका छन् ।

प्रकाशित मिति: २०७९,आश्विन,७,शुक्रवार २२:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । रौतहटका विभिन्न स्थानमा लाग्ने हाटबजार तथा खाद्यान्न भण्डार (गोला) मा नापतौलका लागि ढकको साटो ढुंगाको प्रयोग हुने गरेको

काठमाडौं । छुट्टाछुट्टै स्थानबाट ४ जना मृत अवस्थामा फेला परेका छन् । मोरङको बेलबारी नगरपालिका–२ लालभित्ति साहारा टोल बस्ने ६७

मुगु । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको चार वर्षपछि मुगुका बिमितले बल्ल सेवा पाएका छन् । २०७६ वैशाखबाट स्वास्थ्य बिमा

काठमाडौं । नेपाल सरकार र अन्तर्राष्ट्रिय मकै तथा गहुँ सुधार केन्द्र सीम्याटबीच नेपालमा कृषि क्षेत्रको उत्पादन बृद्धि र व्यवस्थित बजार

ताजा समाचार