सत्यमोहन जोशीलाई डेंगु संक्रमण

लोकपथ
52
Shares

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीलाई डेंगु संक्रमण भएको छ । विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या देखिए पनि उनलाई शुक्रवार किस्ट अस्पतालमा भर्ना गरिएको छ ।

चिकित्सकहरूले स्वास्थ्य जाँच गर्दा डेंगु संक्रमण पुष्टि भएको हो । अहिले उनको अस्पतालमा चिकित्सकहरूको निरन्तर निगरानीमा उपचार भइरहेको छ ।

जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी)का चिकित्सकले संयुक्त जाँच गरेको अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उनलाई हाल डिलक्स क्याबिनमा सुक्ष्म निगरानीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?