‘कोठाभित्र बसेर एमालेमाथि साइबर हमला गरियो’ : महेश बस्नेत

लोकपथ
104
Shares

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको बताएका छन् । शुक्रवार राष्ट्रिय युवा संघको प्रचार भेलामा बोल्दै नेता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरुमा भ्रम छरेको बताएका हुन् ।

उनले राष्ट्रिय युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्न सक्नुपर्ने बताएका छन् । नेता बस्नेतले पछिल्लो समय युवाहरुमा देखिएको निराशालाई युवा संघले समयमा समाल्न नसके विदेश पलायन वा विकृतिमा लाग्ने बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग गरेर माओवादी,वाइसेल,कांग्रेस,नेविसंघलगायतले भ्रम छरेको आरोप लगाए ।

नेता बस्नेतले नेपालमा राजनीतिक अस्थिरता फैल्याउन पार्टीका नेता कार्यकतालाई समाप्त पार्नेगरी महाशक्ति राष्ट्रका खेताला र गोठालाहरु उत्पादन गर्न विभिन्न समूह लागेको बताएका हुन् । उनले त्यसको लागि अन्तराष्ट्रिय मिसिनहरु समेत परिचालित भएको दाबी गरे ।

नेता बस्नेतले आगामी निर्वाचनलाई लक्षित गरी एमालेमाथि जथाभावी आक्रमण भइरहेको बताएका छन् । उनले सामाजिक सञ्चाल र साइवरमार्फत एउटा कोठामा बसेर एमालेलाई आक्रमण गरेको बताए ।

बस्नेतले आफूलाई नक्कली आइडीमार्फत ८ हजार १ सय जना मान्छेले गाली गर्ने गरेको पनि बताएका हुन् । उनले नक्कली आइडी बनाएर गाली गर्नेहरुलाई राम्रो सम्बोधन गर्न नसकिने बताए ।

उनले आगामी निर्वाचनमा एमालेमाथि बाधा अड्चन आउँछ भने युवासंघले प्रतिकार गर्नुपर्ने बताएका हुन् । उनले युवा संघले नविनता,गतिशिलतासँगै रहर लाग्दो, भर लाग्दो र डर लाग्दो युवा संघ अगाडी जाँदा मंसिर ४ गतेको निर्वाचनमा एमालेको विजय कसैले रोक्न नसक्ने बताए थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?