बागमती प्रदेश सदस्य माझी राप्रपा नेपाल प्रवेश

लोकपथ
91
Shares

काठमाडौं । बागमती प्रदेश सभा सदस्य तथा राप्रपाका निर्वाचित केन्द्रीय सदस्य रिता माझी राप्रपा नेपाल प्रबेश गरेकी छन् ।

आज बागमती गाउँपालिका–३ मा आयोजित कार्यक्रममा माझिलाई स्वागत गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब कोहि पनि अलमलमा नपरी, भ्रमित नबनी राप्रपा नेपाललाई बलियो बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए ।

मुलुकलाई एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता भएको र त्यो शक्ति राप्रपा नेपाल बन्न सक्ने थापाको ठम्याई रहेको थियो । उनले मकवानपुरको विकासको अधुरो काम सम्पन्न गर्न आउने निर्वाचनमा उम्मेदवारी दिन लागेकोसमेत जानकारी दिए ।

हेटौंडा–काठमाडौं सुरुङ्ग मार्ग, चक्रपथ निर्माण, विश्वविद्यालय स्थापना, औद्योगिक क्षेत्रको विकास आफ्नो प्राथमिकतामा रहेकोसमेत थापाले बताए । कार्यक्रममा बोल्दै प्रदेश सांसद रिता माझिले इमानदारीता, निष्ठा र कर्तब्यबोधका कारण राप्रपा नेपाल रोजेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?