१० आश्विन २०७९, सोमवार

मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ बिरामीको पहिचान

२०७९,आश्विन,७,शुक्रवार २०:२६

36
Shares

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ जना बिरामीको पहिचान गरिएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाको सहयोगमा नेपाल नेत्र ज्योति संघ, खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समिति हलेसीको आयोजनामा शुक्रवार सञ्चालित शिविरमा १ सय १४ जनाको आँखाको जाँच हुँदा ११ जनाको मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने पत्ता लागेको हो ।

शिविरमा आएका ८६ जनालाई निःशुल्क चस्मा र १५ जनालाई औषधि वितरण गरिएको नेपाल नेत्र ज्योति संघ खोटाङका अध्यक्ष इन्द्र कसजुले बताए । मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने बिरामीका लागि आगामी असोज २८ गतेदेखि असोज २९ गतेसम्म हलेसीमै निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गरिने नेपाल नेत्र ज्योति संघले जनाएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,७,शुक्रवार २०:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । नेपालको ऐतिहासिक दरबार कास्कीकोटमा जमरा राखिएको छ । त्यहाँ रहेको गुप्तकालीका मन्दिरमा विशेष साइत पारेर घटस्थापना गरिएको हो

सुर्खेत । सेवा प्रवाहमा सबैलाई उछिन्दै जाजरकोट एक नम्बरमा आएको छ । कर्णाली प्रदेशका १० जिल्लाको समीक्षाबाट जाजरकोट ६४‍.४ अंक

पोखरा । चाडपर्वका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशभर चेकजाँच र उद्धारमा जोड दिइएको छ । चाडपर्वको समय

भैरहवा । रुपन्देहीमा दसैँ तिहार र छठलाई लक्षित गरेर प्रहरीले सुरक्षा योजना बनाएर काम अगाडि बढाएको छ । चाडपर्वका बेला

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८