२१ आश्विन २०७९, शुक्रवार

चाडबाडलाई लक्षित गर्दै दिक्तेलमा यात्रु सहायता कक्ष सञ्चालन

२०७९,आश्विन,७,शुक्रवार २०:०४

36
Shares

खोटाङ । नजिकिँदै गरेको चाडबाडलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेलमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । दसैँ तिहार, छठ लगायतका चाडबाडका समयमा यात्रुको सहयोगका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा दिक्तेलबजारको रत्नपार्कस्थित किरातचोकमा यात्रु सहायकता कक्ष सुरु गरिएको हो ।

एक जना नेपाल प्रहरी र एक जना ट्राफिक प्रहरी खटाइएको यात्रु सहायता कक्ष शुक्रवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले उद्घाटन गरेका हुन् । चाडबाडका समयमा यात्रुको अधिक आवत–जावत हुने भएकाले उनीहरूको सहयोग र सुविधाका लागि यात्रु सहायता कक्ष सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

चाडबाडका समयमा आवत–जावत गर्ने यात्रुको हैरानी, दुःख कष्ट, चर्को भाडा दर, क्षमताभन्दा बढी यात्रु हाल्ने लगायतका गुनासो सुन्ने र सुनुवाइका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो । ‘चाडबाडका समयमा गाडीको भाडादरमा मनपरी हुनसक्छ । यात्रुबाट बढी भाडा उठाइन सक्छ । दुःख, झन्झट र हैरानी दिने, तानातान गर्ने हुनसक्छ,’ डिएसपी मुकारुङले भने, ‘यात्रुले टिकट नपाउने वा बढी भाडा नपाए गाडी लैजान्न भन्ने समस्या आएको अवस्थामा यात्रुको सुविधाका लागि हेल्पडेस्क खडा गरिएको हो ।’

प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, सवारी साधन चलाएको बेला मोबाइल प्रयोग नगर्न, क्षमताभन्दा बढी यात्रु नराख्न, तीव्र गतिमा सवारी साधन नचलाउन, सवारी ऐन र ट्राफिक संकेतको पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,७,शुक्रवार २०:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बारा । वीरगन्जका लागि हिँडेको बस जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

तनहुँ । तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुसी भएका छन् । विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग

सुर्खेत। कर्णाली प्रदेशमा तुलनात्मक रुपमा गर्भपतन गराउनेमध्ये २० वर्षभन्दा कम उमेरका किशोरी धेरै रहेको पाइएको छ । कम उमेरमा गर्भवती

काठमाडौं । खोटाङमा गुडिरहेको बसमा आगलागी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा नजिकैको घुम्तीमा गुडिरहेको अवस्थामा बसमा अचानक

ताजा समाचार

दक्षिण अफ्रिकाले भारतलाई हरायो
 २०७९,आश्विन,२१,शुक्रवार ०७:५९
बडादसैँको टीका आज पनि लगाइदै
 २०७९,आश्विन,२१,शुक्रवार ०७:४८
थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,आश्विन,२१,शुक्रवार ०७:३४
बस दुर्घटना अपडेट : मृतक ११ जनाको सनाखत
 २०७९,आश्विन,२०,बिहीवार १८:१५