भिडियाेमा हेर्नुहाेस् आजका लोकपथ टप फिप्टिन हेडलाइन्स

लोकपथ
91
Shares

१. नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक दायरा मिचेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि भएन सुनुवाइ, परमादेशको माग गर्दै परेको रिट हेर्न नभ्याइने सूचीमा ।

२. मंसिरमा हुने चुनावका लागि निर्वाचन आचारसंहिता जारी गर्दै निर्वाचन आयोग, प्रतिवद्धता पत्रमा हस्ताक्षरका लागि प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका नेतालाई आइतबार बोलाउने आयोगको तयारी ।

३. नेपाली कांग्रेसको संस्थापन पक्षले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको टिकट बाँडफाँट एकलौटी गर्न खोजेको शेखर कोइराला समुहको आरोप, समानुपातिक बन्दसूची बुझाउँदा संस्थापन पक्षबाट पक्षपाती व्यवहार भएको निष्कर्ष, छिट्टै खबरदारी सभा आयोजना गर्ने तयारी ।

४. नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध मधेशमा चरणवद्ध आन्दोलन गर्ने जसपाको घोषणा, असोज ७ गतेदेखि १७ गतेसम्म नागरिक समाजसँग अन्तक्रिया र वडास्तरमा प्रदर्शन गर्ने ।

५.हजारौंको बलिदानीबाट प्राप्त उपलब्धि खोस्ने षड्यन्त्र भइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जिकिर, प्रतिगामी तत्वहरुलाई परास्त गर्न फेरि सडकमा उत्रिन कार्यकर्तालाई आग्रह ।

६. एमाले लगायतका दलसँग चुनावी सहकार्य गर्न लोसपाले बनायो वार्ता समिति, पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको संयोजकत्वमा ६ सदस्यीय समिति गठन ।

७. नेपाल र कोरियाबीच दुई वटा आयोजना कार्यान्वयन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर, कोरिया सरकारले नेपाललाई १ करोड ६० लाख अमेरिकी डलर अनुदान सहायता उपलब्ध गराउने ।

८. नेपालस्थित अमेरिकी दूतावासमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ, इडीभीमा नाम निकालेर भिसा प्रक्रियामा नक्कली एकेडेमिक ट्रान्सक्रिप्ट बनाएर पेश गरेको आरोप ।

९. टुकुचाको भूमिगत सुरुङ राणाकालमै बनेको पुरातत्व विभागद्वारा गठित अध्ययन समितिको निष्कर्ष, समितिले दसैंअघि नै विभागमा प्रतिवेदन बुझाउने, विभागले टुकुचाको सुरुङमार्गलाई पुरातात्विक सम्पदाका रुपमा मान्यता दिए महानगरले भत्काउन नपाउने ।

१०. डेंगु संक्रमण बढेसँगै बजारमा सिटामोलको चरम अभाव, डेंगु संक्रमित बिरामीहरु समस्यामा ।

११. नेपाल राष्ट्र बैंकले आगामी आइतबार पुनः १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने, असोज ११ गते जारी मिति तोकिएको ट्रेजरी बिल खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने ।

१२. ४१ जना नागरिक बोकेको डुङ्गा कम्बोडियाको तटीय क्षेत्रमा पल्टिँदा २३ चिनियाँ नागरिक बेपत्ता, डुङ्गामा सवार १८ जनाको उद्धार ।

१३. इरानमा एक कुर्दिश युवती महसा अमिनीको हिरासतमा ज्यान गएको विषयलाई लिएर भएको आन्दोलनले लियो उग्र रुप, सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडपमा १७ जनाको मृत्यु ।

१४. स्पेनिस महिला राष्ट्रिय फुटबल टिमका प्रशिक्षक जर्ज भिल्दालाई हटाउन माग गर्दै १५ स्पेनिस महिला फुटबलरले दिए राजीनामा, खेलाडीलाई राष्ट्रिय प्रशिक्षकमाथि प्रश्न उठाउने अधिकार नभएको र यो एक गम्भीर अनुशासन उल्लंघन भएको रोयल स्पेनिस फुटबल फेडेरेसनको भनाइ ।

१५. नेपाल पुलिस क्लबले महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीको नेतृत्वमा निर्माण ग¥यो महिला क्रिकेट टोली, नवौँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेटमा सहभागी गराउने योजना, स्वर्ण जित्ने लक्ष्य ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?