१० आश्विन २०७९, सोमवार

संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपति संस्थाबाटै भयो : मन्त्री भुसाल

२०७९,आश्विन,७,शुक्रवार १९:०८

45
Shares

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले संवैधानिक व्यवस्थाको बर्खिलाप हुने काम राष्ट्रपति संस्थाबाटै भएको भन्दै आपत्ति जनाएकी छन् । मन्त्री भुसालले सेरेमोनियल राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर संविधान विपरित काम गरेको बताएकी हुन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान, कानुन र विगतका सरकारहरुले नै ल्याएको विधेयक र अध्यादेशमा आधारित भएर सरकारले ल्याएको सो विधेयक राष्ट्रपतिले प्रमाणित नगरेर गल्ती गरेको पटकपटक दोहो¥याईन् ।

मन्त्री भुसालले नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय नगर्ने र गल्ती पनि नगर्ने सम्मानित संस्थाको रुपमा रहेको उल्लेख गरेको भन्दै त्यसलाई विवादमा पार्ने काम गर्न नहुने स्पष्ट पारिन् । उनले सो विधेयकलाई देखाएर आगामी मंसीर ४ गतेका लागि घोषित प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्वाध ढंगले अघि बढाउने काममा सहयोग गर्न पनि बुद्धिजीवि, नागरिक समाज र सचेत नेपाली जनतालाई आह्वान गरेकी छिन् ।

निर्वाचनलाई सहज ढंगले तोकिएकै मितिमा सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको उनको भनाई थियो । मन्त्री भुसालले राष्ट्रपति जस्तो सम्मानजनक अभिभावकत्व ग्रहण गरेको संस्था विवादमा नपरोस् भन्नेमा आफूहरु सजग रहेको समेत बताएकी थिईन् ।

प्रकाशित मिति: २०७९,आश्विन,७,शुक्रवार १९:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आसन्न निर्वाचन बहिस्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । निर्वाचन बहिस्कार घोषणा

काठमाडौं । झन्डै ४० प्रतिशत अनुभवी सांसदहरु रहेको कर्णाली प्रदेश सभाले आफ्नो ५ वर्षे कार्यकालमा ५३ वटा विधेयक बनायो ।

काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दसैँको शुभकामना दिँदै देशले असफल नीति, मार्गचित्र र नेतृत्वको निरन्तरता थेग्न नसक्ने बताएका छन् ।

जनकपुरधाम । नेकपा एमालेका नेता गंगााराम यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । सोमवार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरेर

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८