१७ आश्विन २०७९, सोमवार

अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि लिटिल एन्जल्सलाई

२०७९,आश्विन,७,शुक्रवार १८:५६

27
Shares

काठमाडौं । छैटौँ सुशील केडीया स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि ललितपुरको लिटिल एन्जल्स स्कुलले जितेको छ ।

जावलाखेलस्थित डीएभी स्कुलमा सम्पन्न फाइनलमा लिटिल एन्जल्सले नेपाल पुलिस स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्‍यो । सुरुवाती गोल पुलिस स्कुलले गरेता पनि खेलमा उत्कृष्ट पुनरागमन गर्दै लिटिल एन्जल्सले लगातार दोस्रो पटक उपाधि जित्न सफल रह्यो ।

लिटिल एन्जल्सको लागि भार्गभ सिलवाल, सुवर्ण बस्नेत र लक्ष्य महर्जनले गोल गरे। पुलिस स्कुलका राम थापाले एक गोल गरे ।

शुक्रवारनै सम्पन्न सेमीफाइनलमा पुलिसले गान्धी आदर्श स्कुललाई २–१ ले तथा लिटिल एन्जल्सले ग्रिनफिल्ड स्कुललाई ३–१ ले पराजित गर्दै फाइनल पुगेको थियो। तेस्रो स्थानको लागि भएको खेलमा ग्रिनफिल्डले गान्धी आदर्शलाई ३–१ ले पराजित गर्‍यो ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता नेपाल पुलिस स्कुलका लक्ष्मण थानी भए भने उत्कृष्ट गोलकिपरको अवार्ड ग्रिनफिल्डका आदित्य थापाले जिते । प्रतियोगिताको उदयमान खेलाडी लिटिल एन्जल्सका भार्गभ सिलवाल घोषित भए । गान्धी आदर्श इन्टरनेसनल स्कुलले फेयरप्ले अवार्ड प्राप्त गर्‍यो । विजेता खेलाडीहरूलाई राष्ट्रिय फुटबलर गौतम श्रेष्ठले पुरस्कृत गरे भने सोही अवसरमा श्रेष्ठलाई सम्मानितसमेत गरिएको थियो ।

तीन दिन चलेको प्रतियोगितामा उपत्यकाका १६ स्कुलका टिम सहभागी थिए । यसअघि आयोजित इन्डोर क्रिकेटको उपाधि आयोजक डीएभी स्कुलले जितेको थियो ।

प्रकाशित मिति: २०७९,आश्विन,७,शुक्रवार १८:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । एर्लिङ हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ६-३ ले हराएको छ

काठमाडौं । १० खेलाडीमा सिमित ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा जारी जिल्ला स्तरीय पुरुष खुल्ला डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि महेशप्रसाद भट्ट र दिपक खत्रीको जोडीले जितेको

हिन्दुहरूको महान् चाड दसैँको रमझम सुरु भइसकेको छ । दसैँले दिने आनन्द अलग्गै किसिमको हुने गर्छ । त्यसैले सहर पुगेकाहरू

ताजा समाचार

बडा दसैँ : उत्साह उस्तै तर, परम्परा फरक
 २०७९,आश्विन,१७,सोमवार १७:५४
घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका
 २०७९,आश्विन,१७,सोमवार १७:२०
निर्वाचनमा करिब २० हजार पर्यवेक्षक हुने
 २०७९,आश्विन,१७,सोमवार १६:१२
मासुबारे यी कुरा जानी राखौँ
 २०७९,आश्विन,१७,सोमवार १५:०८
कलाकारको दसैँ : कसको योजना के ?
 २०७९,आश्विन,१७,सोमवार १४:२९