१० आश्विन २०७९, सोमवार

राजविराजको सडक अतिक्रमण हटाइँदै

२०७९,आश्विन,७,शुक्रवार १८:४०

45
Shares

सप्तरी । राजविराज नगरपालिकाको मुख्य सडकमा रहेका फुटपाथ पसल तथा ठेला हटाउने अभियान सुरु भएको छ । राजविराज नगरपालिकाले शुक्रवारदेखि सडक अतिक्रमण हटाउन थालेको हो ।

सडक छेउछाउमा ठेला तथा अस्थायी पसल राखेर फुटपाथ अतिक्रमण गरेपछि नगरपालिकाको अग्रसरतामा सडक फराकिलो बनाउने अभियान सुरु गरिएको हो ।

सडक अतिक्रमण गरी राखिएका ठेला तथा पसलका कारण पैदलयात्रीलाई आवतजावतमा समस्या भएपछि नगरपालिकाले अभियान सुरु गरेको नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले बताइन् ।उनले भनिन्, जथाभावी रूपमा ठेला राखेर फुटपाथ अतिक्रमण गरेपछि त्यसलाई हटाउन सुरु गरेका हौं ।

फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन नगरपालिकाले एक महिनादेखि सार्वजनिक सूचना जारी गरी माइकिङसमेत गरे पनि अटेर गरेपछि हटाउन सुरु गरिएको हो ।

फुटपाथ अतिक्रमण गरी राखिएका ठेला तथा पसल हटाउन स्थानीय युवाले सहयोग गरेका छन् । पैदलयात्रीले सहजरूपमा फुटपाथमा आवतजावत गर्न पाउन् भनेर फुटपाथ हटाउने अभियान सुरु गरेको उनको भनाई रहेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,७,शुक्रवार १८:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो

काठमाडौं । योग प्रेमी परिवार नेपालको दोस्रो वार्षिक साधारण सभाले भीम आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । काठमाडौंमा योग

काठमाडौं । चाडपर्वलाई लक्षित गरेर लामो दूरीमा चल्ने सवारी साधनका चालकहरुलाई आज काठमाडौँको नयाँ बसपार्कमा फुलमाला लगाएर सुरक्षित यात्राको कामना

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सार्वजनिक कार्यक्रमहरूमा खादाको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएको छ । ३ असोजमा बसेको गाउँ कार्यपालिकाको बैठकले

ताजा समाचार

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौंता
 २०७९,आश्विन,१०,सोमवार १७:३८