१२ आश्विन २०७९, बुधबार

ई–सेवा मनी ट्रान्सफरको अफर : डिजिटल माध्यमबाट पैसा पठाउँदा घर जित्ने मौका

२०७९,आश्विन,७,शुक्रवार १७:४८

0
Shares

काठमाडौं । रेमिट्यान्स कम्पनी ई–सेवा मनी ट्रान्सफरले रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै थप रेमिट्यान्स भित्र्याएर देशलाई समुन्नत बनाउन ‘मेरो डिजिटल देश’ अभियान ल्याएको छ ।

ई–सेवा मनी ट्रान्सफरले विश्वका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । एफ वन सफ्ट टावर पुल्चोकस्थित आफ्नै मुख्य कार्यालयमा सम्पन्न प्रेस कन्फेरेन्स मार्फत इसेवा मनी ट्रान्सफरले यस अभियानको सार्वजनिक गरेको हो ।

यो अभियान असोज ७ बाट सुरु भएर फागुन ६ सम्म जारी रहने कम्पनीले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोवारलाई डिजिटाइजेसन गर्ने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो ।

साथै, यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउन का लागि पनि ६ महिने यस योजना सार्वजनिक गरिएको, कम्पनीले जनाएको छ ।

‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाख भन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् ।

साथै, विदेशबाट ई–सेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जोकोही ले पनि सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा मासिक रुपमा १ जनाले ६ महिना सम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्न सक्नेछन् ।

ई–सेवा मनी ट्रान्सफरका जनरल मेनेजर सागर खनालले यस अभियानमार्फत डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतिमा योगदान पुर्याउन अपिल गरे ।

अभियानमा नायक राजेस हमाल समेत जोडिएका छन् । उनले यस अभियानसँग जोडिएर ई–सेवा मनी ट्रान्सफरसँगै देश तथा विदेशमा गइ डिजिटल रेमिट्यान्स सम्बन्धी जागरुकता जनाउने कार्यक्रममा सहभागिता जनाउने कम्पनीले जनाएको छ ।

साथै, अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रवर्दनात्मक विभिन्न कार्यक्रममा संलग्नता रहने कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले यो अभियानमा विश्वको जुनसुकै ठाँउमा रहेका नेपालीहरु सहभागि हुनसक्ने बताए ।

प्रकाशित मिति: २०७९,आश्विन,७,शुक्रवार १७:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालीहरुको घर आँगन दसैँको माहोलले छोपिसकेको छ । वातावरण विस्तारै दसैँको माहोलमा पुलकित हुँदैछ । दसैँको रमझम सुरु

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले बुधबारबाट खसी, बोका र च्यांग्रा सहुलियत मूल्य बिक्री गर्न थालेको

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १९ हजार ७१० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी नवराज बजगाईको

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजार भाउ तोकेको छ । आज बुधबार अदुवाको औसत मूल्य

ताजा समाचार

चट्याङ लागेर दुई जनाको मृत्यु
 २०७९,आश्विन,१२,बुधबार १७:४९
लोसपाकी चन्दा चौधरी कांग्रेसमा प्रवेश
 २०७९,आश्विन,१२,बुधबार १७:३१
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
 २०७९,आश्विन,१२,बुधबार १७:२९