काठमाडौंमा उम्मेदवारको अन्तिम टुंगो लगाउँदै राप्रपा, कुन क्षेत्रमा कसको नाम?

लोकपथ
65
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभा उम्मेदवार चयनलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

तीनवटा क्षेत्रमा एक एकजना उम्मेदवारको नाम टुंगो लगाएको राप्रपाले बाँकी क्षेत्रमा दुई/तीनजनाको नाममा झारिएको राप्रपा स्रोतले जानकारी दियो । उम्मेदवारको घोषणाका बेलासम्म केही नाम परिवर्तन हुने सक्ने सम्भावना भए पनि अहिले टुंगो लगाएकै नामबाट उम्मेदवार घोषणा हुने राप्रपा स्रोतले जानकारी दिएकाे छ ।

काठमाडौं १ का लागि भुवन लामिछाने वा रवीन्द्र मिश्र (मिश्र राप्रपामा आएमा) नाम टुंगो लगाएको राप्रपाले काठमाडौं २ मा नवराज सिम्खडा र कुन्ती पोख्रेलको नाममध्ये एकजनालाई चयन गर्ने गरी छलफल गरिरहेको छ ।

यसैगरी, काठमाडौं ३ मा अनिल पराजुली र दुर्गा लामा, ४ मा भुवन पाठक र डा.अर्चनशमशेर राणा, ५ मा डा.रामप्रसाद उप्रेती, केशव रेग्मी र सुरज पान्डेमध्ये एकजनाको टुंगो लगाउने गरी राप्रपाले छलफल गरिरहेको छ ।

काठमाडौं ६ मा प्राध्यापक विष्णुप्रसाद आचार्य र सन्जय श्रेष्ठ, ७ मा ध्रुव बिक्रम मल्ल र ९ मा देवेन्द्र प्रधान, अमर सिह थापा, जितबहादुर लामामध्ये कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा राप्रपाले छलफल गरिरहेको छ ।

यसैगरी हालसम्म काठमाडौं ८ मा प्रकाश रिमाल र १० मा बलराम थापाको भने टुंगो लगाइसकेको छ । तर, आपसी सहमतिमा घोषणा हुने बेलासम्म उम्मेदवार परिवर्तनको ढोका खुलै राखेको राप्रपा स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?