काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि असोज १५ देखि २० भित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न निर्देशन दिएको छ ।
आउँदो असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न ७७ वटै जिल्लाका निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो । यसअघि आयोगले सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत तोकेको थियो ।
आयोगका प्रवक्ता शालिग्राम पौडेलले शुक्रवार विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउन भन्दै कार्यालय स्थापना गरेपछि आयोगको सहमतिबिना निर्वाचन क्षेत्र नछोड्नसमेत भनेको छ ।
‘निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमति बिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय समेत भएको छ’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया