मैत्रीपूर्ण खेल खेल्न बंगलादेशको पुरुष फुटबल टोली आज नेपाल आउँदै

लोकपथ
52
Shares

काठमाडौं । एकमात्र मैत्रीपूर्ण खेल खेल्नका लागि बंगलादेशी पुरुष फुटबल टोली आज (शुक्रबार) नेपाल आउने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार टोली राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ ।

बंगलादेशले नेपालसँग असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । जुन फिफाले मान्यता दिएको मैत्रीपूर्ण खेल हो ।

बंगलादेशले बिहीवार कम्बोडियासँग एक मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा घरेलु टोली कम्बोडियामाथि १–० को गोलको जित हात पारेको थियो ।

खेलका लागि एन्फाले साधारणतर्फको टिकट ५०० र भिआइपी टिकट एक हजार तोकेको छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरिसकेका छन् । जसमा दुई जना नयाँ अनुहारले स्थान बनाएका छन् । ऋतिककुमार खड्का र आशिष चौधरीले पहिलो पटक टोलीमा स्थान बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?