डाक्टर केसीको जीवन रक्षाका लागि इन्सेकको अपिल

लोकपथ
13
Shares

काठमाडौं । व्यक्तिको जीवनको रक्षा गर्ने संवैधानिक दायित्व सरकारको भएकाले १२ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सार्थक पहलकदमी लिन नेपाल सरकार समक्ष इन्सेकले माग गरेको छ ।

इन्सेकले आज एक विज्ञप्ति जारी गर्दै डाक्टर गोविन्द केसी २० औँ पटक अनशन बसेको १२ दिन भएको तर्फ सरकारको ध्यानाकर्षण गराउँदै जीवन रक्षाको लागि अपिल गरेको हो ।

यसअघिका सम्झौता कार्यान्वयनको मागसहित धनगढीस्थित कृष्ण मन्दिरमा भदौ २७ गतेबाट अनशनरत डाक्टर केसीको स्वास्थ्यमा समस्या आएको भन्दै सेती अस्पतालमा उपचारार्थ भर्ना भएकोमा स्वास्थ्य अवस्था बिग्रदैँ गएपछि हाल काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याएर डाक्टर केसीको उपचार गराइएको छ । यद्यपी उनले अनशन जारी राखेका छन् ।

त्यसैले, चिकित्सा शिक्षा सुधारसहितका सात बुँदे माग राखेर धनगढीबाट अनशन थालेका डाक्टर केसीसँग सार्थक वार्ता गरी जीवन रक्षाका लागि इन्सेकले जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?