१२ अर्ब १० करोड रुपैयाँँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
13
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आईतवार पुुनः १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अर्थात असोज नौ गते अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

असोज ११ गते जारी मिती तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने राष्ट्र बैंकको भनाई छ ।

यसरी बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको नौ अर्ब १० करोड र एक सय ८२ दिने अवधिको तीन अर्ब रुपैयाँ बराबरको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ पुस १२ गते र चैत्र १४ गते तोकिएका छन् ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि यही असोज दुई गते पनि राष्ट्र बैकले ११ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?