दसैँमा एनआईसी एशिया बैंकबाट रेमिटेन्स बुझ्नेलाई बैंकले दक्षिणा दिने

लोकपथ
52
Shares

काठमाडौं । सहज एवं सबल बैंकिङ्गको मूल सिद्धान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले ‘एनआईसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । जसअनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ ।

बैंकले २०७९ आश्विन १ देखि कार्तिक ३० सम्म लागु हुने गरी ल्याएको यो योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागु हुने बताएको छ । यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप तीन सय रुपैँया प्रदान गर्ने व्यवस्था गरेको छ ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन बैंक सफल भएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?