कृषि विकास बैंकको सञ्चालकमा दाहाल नियुक्त

लोकपथ
52
Shares

काठमाडौं । नेपाल सरकारको मन्त्रीस्तरको निर्णयानुसार कृषि विकास बैंक लिमिटेठ बैंक सञ्चालक समितिको सञ्चालक सदस्यमा सुमन दाहाल मनोनयन भएका छन् ।

नवनियूक्त सञ्चालक सदस्य दहालको सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, वित्तीय संघियता समन्वय महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य दाहाललाई बैंक सञ्चालक समिति बैठक नम्बर ९ सय ८३ का अध्यक्ष डाक्टर राजेन्द्र प्रसाद मिश्रले सपथ ग्रहण गराएका थिए ।

उक्त अवसरमा कृषि विकास बैंक लिमिटेडका सञ्चालक सदस्यहरु डाक्टर इन्दिरा श्रेष्ठ (मास्के), संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई, कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, बैंकका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?