‘दि नेपाल डिस्टीलरिज’ ले ल्यायो ‘न्यूड सुपेरियर भोड्का’ बजारमा

लोकपथ
117
Shares

काठमाडौं । ‘दि नेपाल डिस्टीलरिज’ ले उच्चकोटीको ‘न्यूड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ । काठमाडौंमा आयोजित एक बहुप्रतिष्ठित फेसन विकअन्तर्गत नेपालकै प्रतिष्ठित डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टूडियो र शो स्टपर साम्राज्ञी आरएल शाहको सिक्वेन्समा बिहीवार साँझ ‘न्यूड सुपेरियर भोड्का’ अनावरण गरिएको हो ।

‘न्यूड सुपेरियर भोड्का’ सम्भवतः नेपालको पहिलो राइसबेस्ड भोड्का हो । राइसबेस्ड भएका कारण यसमा अभूतपूर्व प्राकृतिक मिठास पाउन सकिन्छ भने यसमा अतिरिक्त चिनी मिश्रण गरिएको छैन । साथै, ग्लुटेन फ्री तथा ग्लिसरिन फ्री जस्ता विशेषताले भोड्कालाई थप उच्चकोटीको बनाएको छ । ‘न्यूड सुपेरियर भोड्का’ को डिजाइन गर्दा स्वास्थ्यप्रति सचेत रहि २१ औँ शताब्दीका उपभोक्ताको चाहना र मागलाई पूर्ण रुपमा ध्यान दिइएको छ ।

विभिन्न स्पिरिटमध्ये भोड्का एक ‘फन स्पिरिट’ हो । यस्तो पेयमा मुख्यतया युवाहरुको बढी रुची देखिन्छ । नेपाली युवाहरु गतिशील छन् र केही न केही गुणस्तरीय एवम् समसामयिक, मौलिक स्वाद मन पराउँछन् । त्यस्ता चाहनाहरुलाई समेत सम्बोधन गर्दै नेपाली बजारमा उच्च कोटीको भोड्काको रुपमा ‘न्यूड सुपेरियर भोड्का’ ल्याइएको हो । अतिरिक्त स्मूथनेस र उत्कृष्टताका लागि सानो ब्याचमा चारकोल फिल्टर गरी ‘न्यूड सुपेरियर भोड्का’ तयार पार्ने गरिन्छ ।

सत्प्रतिशत स्थानीय सामाग्रीहरु प्रयोग गरी ४० वर्षभन्दा बढी अनुभवी अन्तराष्ट्रिय स्तरका ख्यातिप्राप्त ब्लेण्डर क्रिस्टोफर आम्र्सले ‘न्यूड सुपेरियर भोड्का’ डिजाइन गरेका हुन् । यो भोड्का निट पिउँदा घाँटीमा अतिरिक्त जलनको कुनै अनुभव हुँदैन । भोड्कालाई चिसो बनाई पिउने विश्वव्यापी प्रचलन छ, ‘न्यूड सुपेरियर भोड्का’ पनि यसैगरी पिउन द नेपाल डिस्टीलरिजले सुझाएको छ । यसका अतिरिक्त यसलाई बरफमा राखेर पिउन सकिन्छ भने ककटेलहरुमा पनि प्रयोग गर्न सकिन्छ ।

यो भोड्कालाई विशेष र विश्वस्तरीय रुपमा विकास गर्ने कामको सुरुवात सन् २०१९ बाट नै भएको थियो । ‘न्यूड सुपेरियर भोड्का’को विकास गर्नुअघि आम उपभोक्ता र रेष्टुरेन्टहरुमा व्यापक परीक्षण र प्रतिक्रियाका श्रृंखलाहरु सञ्चालन गरेको र सो क्रममा सहभागीहरुले ‘न्यूड’को स्वादलाई औधी रुचाएको कम्पनीले जनाएको छ ।

स्वाद र गुणस्तरजस्तै ‘न्यूड सुपेरियर भोड्का’को प्याकेजिङ पनि विशेष रहेको उल्लेख गर्दै ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले भने, ‘न्यूड सुपेरियर भोड्का’लाई सिसाको कस्मेटिक बोतलमा प्याक गरिएको छ, जसले लिक्वीडलाई थप प्रष्टता दिन्छ । बोतलमा प्रयोग गरिएको क्याप ‘द नेपाल डिस्टीलरिज’का अन्य ब्राण्डजस्तै पुनः रिफिल गर्न सकिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?