नेतृत्वमाथि दबाब बढाउन शेखर कोइराला पक्षधरको छुट्टै भेला

लोकपथ
208
Shares

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षले भेला गर्ने तयारी गरेको छ । शनिवार गर्ने भेलाका लागि शेखर पक्षको बैठक बसिरहेको छ ।

आसन्न मंसिर ४ मा हुन लागेकाे निर्वाचनमा आफू पक्षधरका नेतालाई उम्मेदवार बनाउन नेतृत्वलाई दबाब दिने उद्देश्यले गर्न लागेको भेलाको तयारी स्वरुप अहिले कोइराला पक्षधरको बैठक बसेको हो ।

जारी बैठकमा कोइराला पक्षधरका केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितका नेताहरुको सहभागिता छ । भेलामा टिकटका प्रत्यक्ष तथा समानुपातिक तिर सिफारिस परेका र आकांक्षीहरु पनि सहभागि हुनेछन् ।

टिकट वितरणमा सम्मानजनक हिस्सेदारीको माग गर्ने देउवालाई थप दबाब बढाउन भेला गर्न लागिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?