सिटिजन्स बैंकद्वारा नौ प्रतिशत लाभांश प्रस्ताव

लोकपथ
26
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बिहीवार बसेको चार सय तीन औँ सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश दिने भएको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड नौ लाख ७४ हजार रुपैयाँको नौ प्रतिशतले हुने एक अर्ब २७ करोड ८० लाख ८७ हजार छ सय ६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?