ग्लोबल आइएमई बैंकले ल्यायो दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना

लोकपथ
104
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले दुई वर्षमै दुई गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ ।

यस मुद्दती निक्षेप योजनाअन्तर्गत ग्राहकहरुले दुई वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्ने छन् । यस योजनाअन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ ।

दुई वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ ।
यस योजनामा सहभागिताको लागि न्यूनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ ।

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?