काठमाडौं । गोरू मरेको मुद्दामा फरार रहेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाले एक वर्ष अघि २०७८ असोज ७ गते गोरू मारेको भन्दै सजाय सुनाएका फरार युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
अदालतले गोरू मारेको मुद्दामा स्याङ्जा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ४ बस्ने ३१ वषीर्य खेम परियार भन्ने ख्याम बहादुर दमैलाई १ बर्ष १ महिना ५ दिन कैद तोकेको थियो ।
सजाय नकाटि फरार रहेका परियारलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी अधिकृतसहित खटिएको टोलीले पोखरामा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई २०७९ असोज ५ गते पक्राउ गरि ६ गते जिल्ला अदालत स्याङ्जामा पेश गरिएको र कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया